विश्वकै  प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली सर्ट फिल्म ‘लोरी’ले जित्यो अवार्ड

 जेठ १५, २०७९ आइतबार ९:४०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली सर्ट फिल्म ‘लोरी’ले कान्स फिल्म फेस्टिभल सन् २०२२ मा अवार्ड जितेको छ । विश्वकै  प्रतिष्ठित  कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलोपटक अवार्ड जितेको हो ।

अविनाश विक्रम शाहले निर्देशन गरेको नेपाली फिल्म ‘लोरी’ले सर्ट फिल्म अवार्ड जितेको हो । कान्समा यसपटक १ सय ४० देशका ३ हजार ५ सय ७ वटा फिल्मले आवेदन दिएका थिए । जसमध्ये उत्कृष्ट ९ वटा फिल्म छनोट गर्दा नेपाली फिल्म ‘लोरी’ पनि छनोट भएको हो ।

यो फिल्म हङकङका निर्माताहरुसँगको सहकार्यमा निर्माण भएको थियो । पछिल्लो समय नेपाली मौलिक कथामा निर्माण भएका छोटा तथा फिचर फिल्म अन्तर्राष्ट्रियस्तरमा छनाेटमा पर्न थालेका छन् । यसले नेपाली सिनेमाको बजार फराकिलो हुँदै गएको सङ्केत गरेको छ ।

केही दिनअघि अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिभलमा सहभागी भएर नेपाल फर्किएकी थिइन् । उनी कान्स रेड कार्पेटमा वाक गर्ने पहिलो नेपाली कलाकार बनेकी छिन् । उनले कान्समा सर्ट फिल्म अवार्ड जित्न सफल भएकोमा निर्देशक अविनाश विक्रम शाहलाई बधाई दिएकी छिन् ।

तस्बिर : अभिनेत्री सुरक्षा पन्तकाे फेसबुक 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया