'कबड्डी ४' की अभिनेत्रीमाथि दुर्व्यवहार गरेकाे आराेपमा पक्राउ परेका लामा रिहा

 जेठ १७, २०७९ मंगलबार १४:१७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एक जना अभिनेत्रीलाई दुर्व्यहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा हुनुभएको छ । 

'कबड्डी ४' फिल्मकी नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामालाई तीन हजार रुपैयाँ धरौटीमा रिहा गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डाैका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । 

बौद्ध भिक्षुसमेत रहेका मुगुका लामाविरुद्ध अभिनेत्री मगरले सुन्धाराको सिभिल मलको कफी शपमा आफूमाथि दुर्व्यवहार गरेको प्रहरीमा उजुरी दिनुभएको थियो । उजुरीपछि लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो । 

लामालाई पक्राउ गरिएको विरोधमा आज काठमाण्डौ चाबहिलमा प्रदर्शनसमेत भएको थियो । यस्तै लामा रिहा भएपछि कर्णालीका बासिन्दा र लामा समुदायले आज दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने र प्रशासनमा उजुरी दिने कार्यक्रम राखेकामा त्यो स्थगित भएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया