अखिल नेपाल फुटबल खेलाडी सङ्घको गुनासो : खेलाडीलाई महत्त्व नदिने क्रम बढ्यो

 असार ३०, २०७९ बिहिबार १९:४४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अखिल नेपाल फुटबल खेलाडी सङ्घले एन्फालाई विभिन्न पाँच बुँदे  ध्यानाकर्षण पत्र बुझाएको छ । 

सङ्घले खेलाडीलाई वर्षभरि व्यस्त राख्ने गरी अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्रतियोगिता क्यालेन्डर व्यवस्थित समय तालिकाअनुसार सार्वजनिक गर्न,  फुटबलको वर्तमान संरचनाले खेलाडी र खेलको विकास सम्भव नभएकाले घरेलु फुटबलको संरचनालाई पुनर्संरचना गर्दै नयाँ खाका तयार गरेर कार्यान्वयन गर्न,  खेलाडीको स्वास्थ्य बीमा र उपचारको उचित प्रबन्ध गर्नुपर्ने लगायतका विभिन्न पाँच बुँदामा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । 

खेलाडी सङ्घका अध्यक्ष विक्रम लामाले हस्ताक्षर गर्नुभएको पत्रमा पछिल्लो समय खेलाडीको राष्ट्रिय योगदानको अवमूल्यन गर्दैै भइरहेका गतिविधि र काम सन्तोषजनक नभएको उल्लेख गरिएको छ । यस्तै खेलाडीलाई अपमानजनक रूपमा राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट निकाल्ने मुख्य प्रशिक्षकको पछिल्लो व्यवहारले सिङ्गो फुटबल जगतलाई मर्माहत बनाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।  

सङ्घले प्रशिक्षणमा खेलाडीलाई फिर्ता बोलाउने एन्फाको पछिल्लो निर्णयको स्वागत गर्दै धन्यवाद पनि दिएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया