डोटीको केदारअखडा र गराजुमा सोलार विद्युत् वितरण

 असार ३१, २०७९ शुक्रबार ११:५३:२२ | विमल बिष्ट
unn.prixa.net

डोटी - सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोग तथा बोगटान फुड्सिल गाउँपालिकाको पहलमा वडा नं २ को केदारअखडा तथा गराजु गाउँमा सोलार विद्युत् वितरण गरिएको छ ।

प्रदेश सरकारको १ करोड ५० लाख रुपैयाँको लगानीमा केदारअखडा तथा गराजु गाउँका नागरिकका लागि सोलार विद्युत् वितरण गरिएको हो।

गाउँमा विद्युत् वितरण गरिएपछि वर्षौँदेखि अन्धकारमा बस्दै आएका केदारअखडा तथा गराजु गाउँका एक सय घरधुरीका नागरिकहरुलाई निकै सहज भएको गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'गाउँमा विद्युत् नहुँदा नागरिकलाई समस्या थियो, अहिले हाम्रो पहल तथा प्रदेश सरकारको आर्थिक सहयोगमा सोलार विद्युत् वितरण गरिएपछि सहज भएको छ ।'

सोलार सिष्टमबाट कुल २५ किलोवाट क्षमताको विद्युत् उत्पादन भएको स्थानीयवासी गीता केसीले जानकारी दिनुभयो । गाउँमा विद्युत् विस्तार भएपछि अहिले त्यहाँका नागरिकले राति उज्यालोका लागि सल्लाको दियालो बाल्नु पर्ने समस्याबाट मुक्ति पाएका छन् । 

सोलार प्रणालीबाट गाउँमा वर्षौँपछि विद्युत् पुगेपछि अहिले यहाँका नागरिकलाई मोबाइल फोन चार्ज, टेलिभिजन हेर्न सहज भएको अर्का स्थानीय हेम बमले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया