डोटीको सायल गाउँपालिकाका ५ सय ८४ घर पहिराेको उच्च जोखिममा

 साउन ५, २०७९ बिहिबार १०:४९:१६ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको सायल गाउँपालिकामा बाढी पहिराेका कारण ५ सयभन्दा धेरै घर उच्च जोखिममा परेका छन् ।

यो गाउँपालिकाको वडा नं १, २, ४, ५ र ६ मा रहेका ५ सय ८४ घर पहिरोको जोखिममा रहेका गाउँपालिकाका स्थानीयवासी तेजबहादुर डुम्रेलले बताउनुभयो ।

गएको वर्षको असोज, कात्तिक महिनामा परेको अविरल वर्षाका कारण गाउँमाथिबाट पहिरो खसेको थियो । पहिरोमा परेर त्यतिबेला ६ जनाको ज्यान गएको थियो । तर, पहिरोका कारण जोखिममा रहेका ती बस्ती अहिलेसम्म स्थानान्तरण गरिएको छैन ।

गाउँपालिकाको तथ्याङ्क अनुसार वडा नं. ४ मा रहेका भल्मा, कुनाकाट्टे, घङारे, बाबनसैन र डौड लगायतका बस्तीका २ सय ५० घरधुरी जोखिममा परेका छन् । त्यस्तै वडा नं. ५ का ढिपु र सुनिबाटा गरी ६० घरधुरी, वडा नं. ६ को रौकल्लाका ७० घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् ।

त्यस्तै वडा नं. २ को सिर्मा गाउँका १ सय २० र घुर्केला गाउँका ३४ घरधुरी उच्च जोखिममा परेका छन् । वडा नं. १ कुसिनाऔल र छपालीका ५० भन्दा बढी घरधुरी जोखिममा परेका छन् । पहिराेको जोखिममा रहेका बस्तीहरुमा बादल लाग्नेबित्तिकै फोन सेवा अवरुद्ध हुने गरेको छ। 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया