नगरका छाडा चौपायाको उद्धार गरी गौशाला पठाइयो

 साउन ७, २०७९ शनिबार १४:२:७ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रका छाडा छौपायाको उद्धार गरी गाैशालामा पठाएको छ । 

दिपायल सिलगढी नगरपालीकाको सहयोग र गोलेदेउला भवानी गौशाला समिति सायल गाउँपालिका– ६ दल्लेखको सहकार्यमा आज दिपायल, पिपल्ला, एअरपोर्ट, राजपुर, सुनगाढा क्षेत्रमा छाडा छोडिएका गाईको उद्धार गरी गौशाला लगिएको छ ।

यहाँका बजार तथा अन्य आसपासका क्षेत्रमा छाडा छोडिएका ५८ वटा गाईलाईजम्मा गरी रेखदेख,पालन पोषण तथा स्याहारसुसारका लागि गोलेदेउला भवानी गौशाला समितिलाई जिम्मा दिइएको नगर प्रमुख बाजीसिंह खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “दुध दिन्जेल सम्म गाई घरमा राख्ने, दुध दिन छोडेपछि बजारमा छोड्ने यो प्रवृत्ति राम्रो भएन । अहिले हामीले छाडा छोडिएका गाई पालन पोषणका लागि गौशालामा पठाएका छौँ, अब छाडा रुपमा गाई छोड्नेलाई कारबाही गछौँ ।”

यसैगरी नगर क्षेत्रका जुनसुकै ठाउँमा छाडा रुपमा छोडिएका गाई नगरपालिका तथा वडासँग सहकार्य गरी गोलेदेउला भवानी गौशाला समितिमा पुर्‍याउने वातावरण गरी दिन नगरपालिकाले आम नगरवासीमा आग्रह समेत गरेको छ । दिपायल क्षेत्रमा लामो समयदेखि छाडा छोडिएका चौपायाले यहाँका किसानले लगाएका बालीनाली खाएर हैरानी गरेका थिए । 
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया