सुत्केरी व्यथा लागेकी महिलाको हवाई उद्धार

 साउन ७, २०७९ शनिबार १६:५७:० | विमल बिष्ट
unn.prixa.net

डोटी – सुत्केरी व्यथा लागेको तीन दिनसम्म बच्चा पाउन नसकेकी अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुकी २० वर्षीया कृष्णा विकको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उहाँलाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राष्ट्रपति हवाई उद्धार कार्यक्रम अन्तर्गत कृष्णालाई सुत्केरी सेवा लिनका लागि निःशुल्क रुपमा हवाई उद्धार गरिएको भुलु स्वास्थ्य केन्द्रका अहेब राजेन्द्र विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार कृष्णाको पेटभित्रको बच्चासँगै रहेको पानी फोका फुटिसकेको र बच्चा जन्माउन नसकेका कारण उहाँकाे हवाई उद्धार गरिएको हो । उद्धारपछि उहाँले प्रादेशिक अस्पताल सुर्खेतमा शल्यक्रियाद्वारा बच्चालाई जन्म दिएको बताइएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया