डोटीमा स्वास्थ्यचौकीको एम्बुलेन्स व्यक्तिगत काममा प्रयोग भएकाे भन्दै स्थानीयकाे विराेध

 साउन १०, २०७९ मंगलबार ९:४३:१२ | विमल बिष्ट
unn.prixa.net

साङ्केतिक तस्बिर

डोटी - डोटीको बडीकेदार गाउँपालिका–१ बर्छैन स्वास्थ्य चौकीमा बिरामी बोक्न ल्याइएको एम्बुलेन्स व्यक्तिगत कामका लागि प्रयोग हुने गरेको आरोप लागेको छ । गैरव्यक्तिले चलाउने, सरसामान बोक्ने, आवतजावत गर्ने लगायतका निजी काममा एम्बुलेन्स प्रयाेग भएकाे स्थानीयकाे दाबी छ । 

गएको बिहीवार राति चालक तेज बोहाेराले काका पुष्कर बोहाेरालाई घर पुर्याउने क्रममा वीपीनगरको सुवाखान भन्ने ठाउँमा एम्बुलेन्स दुर्घटनामा परेकाे थियाे । स्थानीयले एम्बुलेन्स दुर्घटना भएकाे विषयमा छानबिन गर्न माग गरेका छन् । गैरचालकले जाँड रक्सी खाएर एम्बुलेन्स चलाउँदा दुर्घटना भएको भन्दै स्थानीयले छानबिनको माग गरेको बडीकेदार–१ का स्थानीय पदमबहादुर भाटले बताउनुभयो ।

तर एम्बुलेन्स चालक तेज बोहाेराले बदेँलसँग ठोक्किएर एम्बुलेन्स दुर्घटनामा परेकाे दाबी गर्नु भएको छ । 

बीमा नवीकरण समेत नभएको अवस्थामा रातिको बेला घरायसी प्रयोजनमा एम्बुलेन्स प्रयाेग भएपछि स्थानीयले विराेध जनाएका हुन् । 

वडा नं १ का वडाअध्यक्ष डम्बरबहादुर बोहाेराले दुर्घटनाकाे वास्तविकता चालकलाई नै थाहा हुने बताउनुभयो । उहाँले भन्नुभयो,'सिधा सडक छ, जनावर भेटिए पनि टाढैबाट देखिने ठाउँ छ, कसरी दुर्घटना भयो, गैर चालकले चलाएको हो, होइन भन्ने विषयमा छानबिन हुन्छ ।'

स्थानीयवासीले भने जनप्रतिनिधिकै संलग्नतामा एम्बुलेन्स गैरचालकले जाँडरक्सी खाएर चलाउँदा दुर्घटना भएकाले त्यसको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्। दुर्घटनामा परेका चालक बोहाेरा र एम्बुलेन्समा रहेका उहाँका काका सकुसल थिए । एम्बुलेन्सलाई भने मर्मतका लागि ग्यारेजमा राखिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया