गठबन्धनको गीत मात्रै गाउँदा चुनावमा अपेक्षित सिट हासिल गर्न सकिएन : माधव नेपाल

 साउन १४, २०७९ शनिबार १५:७:३७ | विमल बिष्ट
unn.prixa.net

डाेटी – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले गठबन्धनको गीत मात्रै गाउँदा पालिका तहको चुनावमा अपेक्षित सिट हासिल गर्न नसकिएको बताउनुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी डोटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज जिल्ला सदरमुकाम सिलगढीमा आइपुग्नुभएका अध्यक्ष नेपालले सिलगढीमा पत्रकारहरुसँग कुराकानी गर्नु हुँदै गठबन्धनकै भर परेर पालिका तहको चुनावमा अपेक्षित सिट हासिल गर्न नसकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गठबन्धनको गीतमात्रै गाउँदा पालिका तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको संघ/प्रदेशको निर्वाचनमा हामी सोचे भन्दा बढी सिट हासिल गर्ने छौँ ।”

पत्रकारहरुसँगकै कुराकानीमा अध्यक्ष नेपालले हालको पाँच दलीय गठबन्धन संघ/प्रदेशको चुनावसम्म मात्रै नभइ पछिसम्म पनि दिगो रहने विश्वास व्यक्त गर्नुभयो । वर्तमान परिपक्षमा गठबन्धन आवश्यक रहेकाले चुनावसम्म मात्र नभइ पछि सम्मका लागि पनि गठबन्धन कायम राख्न पाँचदलका शीर्ष नेताहरुबीच सहमत भएको समेत अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी डोटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं संसद प्रेमबहादुर आले पनि डोटी आइपुग्नु भएको छ । पत्रकारहरुसँगको कुराकानीमा पूर्वमन्त्री आलेले डोटीमा पर्यटकीयदेखि अन्य भौतिक पूर्वाधारका लागि थुप्रै विकासका योजनाहरु समावेश गरिएकाले यहाँका नागरिकले आफ्नै आँखा अगाडि देख्ने गरी डोटीले विकासमा फड्को मार्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “म मन्त्री भएका बेला डोटीको विकासका लागि थुप्रै बजेट विनियोजना भएको छ, अब डोटीले विकासको फड्को मार्ने छ ।”
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया