कास्कीकोटमा फिल्म स्टुडियो बन्ने

 साउन २४, २०७९ मंगलबार १२:५६:५३ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल तस्बिरः ‘हाईवे टु धम्पुस’ को छायांकन पोखरामा हुँदै ।

कास्की – पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटमा फिल्म स्टुडियो बनाउन चलचित्र विकास बोर्ड अघि सरेको छ । बोर्डका अध्यक्ष भुवन केसी सहित टोलीले निमार्ण स्थल कास्कीकोटको अवलोकन गरे । पोखरा २४ कास्कीकोटको धामको गराको केसीले अवलोकन पछि गण्डकी प्रदेशको लागि कास्कीकोट नै उपयुक्त स्थल भएको बताउँदै अनुमति लिएर आगाडी बढ्ने बताए । उनले सरकारले सात वटै प्रदेशमा फिल्म स्टुडियो निमार्ण गर्ने लक्ष्य राखेको बताए ।

गण्डकी प्रदेशको कास्कीकोटमा काम अगाडि बढाउने र अन्य प्रदेशको पनि प्रक्रिया अगाडि बढाउने बताए । उनले टोलीको प्रतिवेदनको आधारमा स्टुडियो बनाउने जग्गा प्राप्तिको प्रक्रिया थालिने बताए । सरकारले दुई वर्ष पहिले सातै प्रदेशमा चलचित्र छायांकन स्थल निर्माण छनौट समिति बनाएको थियो । समितिले गण्डकीका प्रदेशका ११ जिल्लामा अवलोकन पछि पोखराको कास्कीकोटलाई सिफारिस गरेको थियो ।

पोखरा २४ कास्कीकोटको धामको गरालाई  फिल्म स्टुडियो बनाउन दिन पोखरा महननगर, गण्डकी प्रदेश सरकार, संघीय सरकार हुँदै छनौट गरेर चलचित्र विकास बोर्ड सम्म पुगेको पोखरा २४ का पूर्व वडा अध्यक्ष ओम सुवेदीले जानकारी दिए । ‘डिपीआर तयार पारेर सम्झौता गर्ने काम हुँदै थियो,’ सुवेदीले भने ‘निर्वाचन आयो अनि काम नै रोकियो ।’ कास्कीकोटमा फिल्म स्टुडियोका लागि आवश्यक जग्गा रहेको उनले बताए ।

शाह वंशको उद्गमस्थल मानिने कास्कीकोट सुन्दर र वरपरका सुन्दर दृश्य हेर्न पाइने  भएकाले पनि फिल्म स्टुडियो बनाउन उपयुक्त रहेको पोखरा वडा नम्बर २४ का वडा अध्यक्ष भरत अधिकारीले बताए । उनले हिमशृंखला, पोखरा बजार, फेवाताल र वरपर रमणीय डाँडा देख्न सकिने बताए । बोर्डको अवलोकनका बेला टोलीमा आफू जान नपाए पनि स्थानीय फिल्म स्टुडियो निमार्णका लागि दिन सकारात्मक रहेको उनले बताए ।

स्टुडियो निमार्णपछि नेपाली मात्र नभै विदेशी चलचित्र पनि छायांकनका लागि आउने सक्ने उनको भनाई थियो । केही वर्षदेखि सरकार र चलचित्रकर्मीले फिल्म स्टुडियोको कुरा चलाए पनि अहिलेसम्म बन्न भने सकेको छैन । कास्कीकै अस्ताममा पनि केही वर्ष पहिले ‘फिल्म सिटी’ बनाउने योजना बोर्डले ल्याएको थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया