नवौँ राष्ट्रिय खेलकुद : पोखरामा सुरु भयाे खेलाडी प्रशिक्षण र छनाेट

 भदौ ३, २०७९ शुक्रबार १८:२८:४१ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – गण्डकी प्रदेशमा आउँदाे असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी १४ वटा खेलका लागि खेलाडी प्रशिक्षण र छनाेट सुरु भएकाे छ । प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी प्रशिक्षण र छनाेट सुरु गरेकाे हाे । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले कार्यक्रमकाे उद्घाटन गर्नुभयाे । 

पहिलो चरणमा भदौ ३ गतेदेखि १४ वटा खेलको विशेष प्रशिक्षणसहित खेलाडी छनाेट प्रतियोगिता कास्की, नवलपुर, स्याङ्जा र बाग्लुङमा सञ्चालन भएको परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले बताउनुभयाे । २० दिनका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो–खो, हक्की, फेन्सिङ, स्विमिङ, ट्रायाथलन, साइक्लिङ, महिला ह्यान्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेल रहेका छन् । 

खेलाडी तथा खेल सङ्घका पदाधिकारीलाई परिषद्ले उपलब्ध गराएको खेल सामग्री, स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै अर्थमन्त्री बरालले खेलाडीको प्रर्दशनले नै प्रदेशको शिर उच्च बनाउने बताउनुभयाे । प्रतियोगिता सम्पन्न गर्न आर्थिक हिसाबले कुनै अभाव नहुने उहाँले आश्वासन दिनुभयाे । 

जिल्ला छनोटपछि पोखरामा भदौ १५ देखि १८ गतेसम्म अन्तिम छनोट तालिका तय गरिएको छ । प्रतियोगितामा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेलका झन्डै आठ हजार खेलाडीले भाग लिने परिषद्ले जनाएको छ । गण्डकी प्रदेशबाट ३८ खेलमा सात सयभन्दा बढी खेलाडीले सहभागिता जनाउने छन् भने छनोट भएका खेलाडीहरू भदौ २६ देखि असोज २६ गतेसम्म बन्द प्रशिक्षणमा राखिनेछन् । 

यसअघि दाेस्राे राष्ट्रिय खेलकुद पाेखरामा भएकाेमा ३९ वर्षपछि नवाैँ राष्ट्रिय खेलकुद फेरि पाेखरामा हुन लागेकाे हाे । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया