१३ वर्षपछि हेमकार हत्याकाण्डको पर्दाफास

 असोज १४, २०७५ आइतबार १७:४९:१६ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्जमा १३ वर्षअघि एकै परिवारका चारजनासहित जम्मा पाँच जनाको हत्या भएको घटनामा संलग्न मुख्य योजनाकार पक्राउ परेका छन् ।  

लामो अनुसन्धानपछि प्रहरीले घटनामा नजिककै आफन्तको संलग्नता रहेको सार्वजनिक गरेको छ  । प्रहरीले हत्याकाण्डका मुख्य अभियुक्तका रुपमा  उत्तर प्रदेश सीतापुर जिल्ला बिसवाह बजार स्थायी घर भइ लखनउ सीतापुर प्रियदर्शनी कलोनीमा बस्दै आएका ६४ वर्षका किशोरीलाल सोनीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । 

शनिबार भारतीय सीमा नजिकको जमूनाहबाट पक्राउ गरिएका सोनीलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । १३ वर्षअघि २०६२ साल फागुन २३ गते नेपालगञ्जको सदरलाइनमा ८२ वर्षका गुलावदेवी हेमकार, ६२ वर्षका जगदेव हेमकार, ४५ वर्षका सीतादेवी हेमकार, ३२ वर्षका दीपक हेमकार र कामदार बाँके कुसुमका राम शनिच्चर चौधरीको घाँटी रेटी हत्या गरिएको थियो । सोनी दीपकका आफ्नै ससुरा हुन् ।

हेमकार परिवारका चारजनाको हत्या भएपछि सम्पत्ति सोनीकी छोरी अर्थात दीपककी पत्नीको नाममा गएको थियो । हेमकार परिवारको नाममा भएको सम्पत्ति पत्नीको नाममा स्थानान्तरण भएपछि सस्तो मूल्यमा बिक्रि भएको पाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले हत्याकाण्डमा अन्य व्यक्तिहरु समेत अनुसन्धानको दायरामा रहेको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया