सप्तरी : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै दल र स्वतन्त्र उम्मेदवार

 असोज २७, २०७९ बिहिबार १८:४६:५३ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीमा राजनीतिक दल र स्वतन्त्र उममेदवारले  निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ । निर्वाचन आचारसंहिता २०७९ विपरीत राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले चुनाव प्रचारप्रसार गरिरहेको पाइएको छ ।

आयोगले १७ दिनमात्र चुनाव प्रचारप्रसार गर्ने व्यवस्था गरे पनि दल र स्वतन्त्र उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको हाे । उम्मेदवारले आचारसंहिता विपरीत पार्टीको चिह्न अङ्कित टी–शर्ट र टोपी प्रयोग गरेर चुनाव प्रचारप्रसार गरिरहेका छन् । कार्यकर्ता र समर्थक पार्टीको चिह्न अङ्कित टी–सर्ट लगाएर घरदैलो कार्यक्रममा सहभागी हुने गरेका छन् ।

सप्तरीमा आचारसंहिता विपरीत सामाजिक सञ्जालमा पोस्ट गर्दै चुनाव प्रचारप्रसारसमेत गरिरहेको पाइएको छ । जिल्लाको चार वटै निर्वाचन क्षेत्रको सार्वजनिक स्थल, सार्वजनिक भवन, स्मारक, पर्खाल, सडक, खम्बालगायतका ठाउँमा पर्चा टाँस्न वा टाँस्न लगाउन नहुनेमा त्यसकाे उल्लङ्घन भएकाे छ । बिजुलीको खम्बामा र सार्वजनिक गाडीमा पार्टीका पोस्टर र झन्डा टाँगिएकाे  उनीहरूका कार्यकर कार्यकर्ता छ । 

आयाेगले राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले जुलुस वा आम सभा गर्दा चुनाव चिह्न वा झण्डा अङ्कित लोगो, स्टिकर वा अन्य कुनै पनि किसिमको सामग्री बोक्न राेक लगाएकाे छ । यस्तै लाउड स्पिकर र ध्वनि उत्पन्न गर्ने यन्त्रको प्रयोग गर्न राेक लगाइएकाे भए पनि दल र स्वतन्त्र उम्मेदवारले आचारसंहिता विपरीत काम गरिरहेका छन् । 

यसबारेम सहायक निर्वाचन अधिकृत कुमार मास्केले आचारसंहिता विपरीत प्रचारप्रसार गर्ने दल र स्वतन्त्र उम्मेदवारलाई पहिलो चरणमा सचेत गराउने र नमानेमा कारबाहीको प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया