ओखलढुङ्गामा श्रीमान्–श्रीमतीकाे झगडामा २ वर्षीया छाेरीकाे ज्यान गयाे

 कात्तिक २२, २०७९ मंगलबार १८:२३:१३ | शिव ढुंगाना
unn.prixa.net

प्रतीकात्मक तस्बिर

ओखलढुङ्गा – सिद्धिचरण नगरपालिका वडा नम्बर ३ अँधेरीमा श्रीमान् र श्रीमतीबीच झगडा हुँदा दुई वर्षीया छाेरीकाे ज्यान गएकाे छ । ३५ वर्षीय राजेन्द्र राईले साेमवार राति छाेरी ऋतिकाकाे हत्या गरेका हुन् । उनले २१ वर्षीया श्रीमती उषालाई पनि कुटपिट गरेका छन् । घाइते उषाको ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

रक्सी खाएका राजेन्द्र र श्रीमतीबीच विवाद भएकाे थियाे । विवादकै क्रममा उनले नजिकै रहेको खुकुरी झिकेर श्रीमतीकाे टाउकोमा प्रहार गरेका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयाे । त्यसपछि श्रीमती छोरी च्यापेर भाग्न खोज्दा श्रीमानले लछारपछार पारेपछि उहाँ छोरी छोडेर भाग्नुभएकाे थियाे । पछि स्थानीयवासी र प्रहरी पुग्दा छोरी मृत अवस्थामा भेटिएकी थिइन् ।  

प्रहरीले अभियुक्त राईलाई पक्राउ गर्न झन्डै दुई घण्टा लागेको थियो । हातमा खुकुरी बोकेर घरभित्रबाट सबैलाई आक्रमणको प्रयास गरेपछि राईलाई पक्राउ गर्न कठिन भएको थियो । उनी आफैँले आफैँलाई समेत टाउकोमा खुकुरीले काटेर घाइते भएका छन् । उनकाे पनि ओखलढुङ्गा सामुदायिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया