गुमेको भूमि फिर्ता ल्याउने कुरा गर्दा प्रधानमन्त्री देउवाको मन दुखेको छ : अध्यक्ष ओली

 कात्तिक २७, २०७९ आइतबार १७:९:२१ | मुना हमाल
unn.prixa.net

सुर्खेत – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको गुमेको भूमि फिर्ता ल्याउने कुरा गर्दा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मन दुखेको जिकिर गर्नुभएकाे छ । 

आज आइतवार वीरेन्द्रनगरमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको भूमि फिर्ता ल्याउने कुरा गर्दा देउवाकाे मन दुखेको बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘देशको गुमेको भूमि फिर्ता ल्याउँछौँ भन्दा किन तपाईँलाई खलल पसिना आउने, किन चित्त दुख्ने शेरबहादुरजी ? गुमेको भूमि फिर्ता ल्याउँछौँ भन्दा उहाँको चित्त दुखेको छ ।’ 

कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई पाँच पल्ट प्रधानमन्त्री भएर गरेको एउटा काम देखाउन प्रश्न गर्नुभयो । ‘पाँच पल्ट प्रधानमन्त्री भएर के गर्नुभयो ? एउटामात्र काम देखाइदिनुस् । आफ्ना लागि गर्नु भयो होला, देशका लागि के गर्नु भयो भन्नुस् ?’। उहाँले भन्नुभयो । उहाँले एमालेले गरेको काम हेर्न प्रधानमन्त्री देउवालाई दायाँ–बायाँ, अगाडि–पछाडि हेर्न पनि आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले देश निर्माण गर्न सुदृढ राष्ट्रिय शक्ति चाहिएको भन्दै त्यो एमाले मात्र रहेको दाबी गर्नुभयाे । विकास गर्ने पार्टी एमाले भएकाे जिकिर गर्दै उहाँले गठबन्धन स्वार्थका लागिमात्र भएको बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया