सुर्खेतमा उत्साहजनक रूपमा मतदान चल्दै

 मंसिर ४, २०७९ आइतबार ८:३०:२७ | मुना हमाल
unn.prixa.net

सुर्खेत – प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुर्खेतमा पनि उत्साहजनक रूपमा मतदान भइरहेको छ ।

अहिलेसम्म काहीँबाट पनि सुरु नभएको भन्ने जानकारी नआएको र सबै मतदान स्थलमा मतदाताहरूले उत्साहजनक रूपमा मतदान गरिरहेको प्रदेश निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसेले जानकारी दिनुभयो ।

‘हामी केही मतदान स्थलमा पुग्दा उत्साहजनक रूपमा मतदान भइरहेको देख्यौँ, उहाँले भन्नुभयो ‘अहिलेसम्म कतैबाट पनि सुरु नभएको भनेर खबर आएको छैन ।’

सुर्खेतमा एक सय ३९ वटा मतदान स्थल र २९३ मतदान केन्द्र छन् । दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा दुई लाख ४३ हजार ६१४ मतदाता रहेका छन् ।

सुर्खेत क्षेत्र नम्बर १ मा एक लाख २० हजार ९ सय ४० र क्षेत्र नम्बर २ मा एक लाख २२ हजार ६ सय ७४ मतदाता रहेका छन् ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया