धादिङ-२ को प्रदेश सभा २ मा राप्रपाका डम्बर तामाङ विजयी

 मंसिर ८, २०७९ बिहिबार ६:५०:४७ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - झिनो मतान्तरले राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बर तामाङ धादिङ–२ को प्रदेश सभा २ बाट विजयी हुनुभएको छ । राप्रपाका उम्मेदवार तामाङ प्रतिस्पर्धीसँग १ सय ३१ मतान्तरले विजयी हुनुभएको हो । तामाङले १४ हजार ४ सय ८१ प्राप्त गर्नुभयो ।

उहाँका निकटतम् प्रतिस्पर्धी ५ दलीय सत्ता गठबन्धनका तर्फबाट नेकपा मओवादी केन्द्रका जगतबहादुर सिंखडाले १४ हजार ३ सय ५० प्राप्त गर्नुभएको छ । यसैगरी मंगोल नेशनल अर्गनाइजेसनका  सन्तोषकुमार तमाङले ४ सय ८७ प्राप्त गर्नुभएको छ ।

धादिङ क्षेत्रनम्बर २ को प्रदेश सभा २ मा ६२ हजार ९ सय ४१ मतदाता रहेकोमा २९ हजार ६ सय ७९ जनाले मतदान गरेका थिए । धादिङको यसक्षेत्रमा राप्रपा र एमालेले चुनावी तालमेल गरेका थिए ।

 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया