हिन्दी, मराठी फ्लिमका दिग्गज अभिनेता विक्रम गाेखलेकाे निधन

 मंसिर १०, २०७९ शनिबार १६:३०:४९ | एजेन्सी
unn.prixa.net

हिन्दी र मराठी फ्लिमका दिग्गज अभिनेता विक्रम गोखलेकाे निधन भएकाे छ । ७७ वर्षीय गाेखलेकाे हिजाे शनिवार पुनेकाे दीनानाथ मंगेशकर अस्पतालमा निधन भएकाे बीबीसी हिन्दीले लेखेकाे छ । 

विक्रम गोखलेले मराठी फ्लिमकाे साथै 'अग्निपथ', 'हम दिल दे चुके सनम' र 'भूल भूलैया' जस्ता हिन्दी फ्लिममा पनि अभिनय गरेका छन् । 

सन् २०१० मा विक्रम खाेकलेलाई मराठी फ्लिममा उनकाे अभिनयलाई लिएर सर्वश्रेष्ठ अभिनेताकाे राष्ट्रिय पुरस्कार दिइएकाे थियाे । 

उनले टीभीमा 'घर आजा परदेशी', 'अल्पविराम', 'जाना ना दिल से दूर', 'संजीवनी', 'इंद्रधनुष' जस्ता चर्चित शाेमा काम गरेका थिए । उनकाे मराठी फ्लिम 'गोदावरी' अहिले सिनेमाघरमा चलिरहेकाे छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया