सप्तरीमा टिपरकाे ठक्करबाट विद्यार्थीकाे ज्यान गएपछि अवस्था तनावपूर्ण

 पुस ५, २०७९ मंगलबार १६:२४:५२ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको रुपनीमा टिपरको ठक्करबाट एक विद्यार्थीकाे ज्यान गएपछि अवस्था तनावपूर्ण बनेकाे छ । 

आज मङ्गलवार बिहान रुपनी गाउँपालिका १ का शंकर यादवकाे १२ वर्षीया छाेरी रिताकुमारीलाई ना १ ख ८५४२ नम्बरको टिपरले ठक्कर दिँदा ज्यान गएपछि अवस्था तनावपूर्ण बनेकाे हाे । मृतकका आफन्त, स्थानीयवासी र विद्यार्थीले पूर्व–पश्चिम राजमार्गको रूपनीमा सडक बन्द गरेका छन् । मृतक रिताकुमारी कन्छु नर प्रताप उच्च मावि रायपुरमा कक्षा ६ मा अध्ययनरत थिइन् ।

राजमार्गमा नै किशोरीको शव राखेर आफन्त र विद्यार्थीले सडक बन्द गरेपछि भिडलाई तितरबितर पार्न र स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास, हवाई फायर र रबरको गोलीसमेत चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो ।

पूर्व–पश्चिम राजमार्ग र राजविराजका केही सडक खण्ड बन्द हुँदा गाडी बाटाेमै राेकिँदा यात्रु अलपत्र परेका छन् ।

 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया