चौथो 'भ्वाइस अफ नेपाल'को उपाधि करण राईलाई

 पुस ९, २०७९ शनिबार ९:१४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - 'द भ्वाइस अफ नेपाल' चाैथाे सिजनकाे उपाधि करण राईले जितेका छन् । गएराति भएको अन्तिम प्रतिष्पर्धाबाट राईले उपाधि हात पारेका हुन् । 

टिम राजुबाट प्रतिस्पर्धामा रहेका करणले तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै भोटिङका आधारमा चौथो भ्वाइस अफ नेपालको उपाधि जितेका हुन् । 

करणले नगद २५ लाख रुपैयाँसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोलाकाे सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै, टिम राजेशबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् भने टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बनेका छन् ।

'द भ्वाइस अफ नेपाल' काे चाैथाे सिजनमा प्रमोद खरेल, राजु लामा, राजेश पायल राई र प्रविशा अधिकारी कोचको भूमिकामा रहेका थिए । 

तस्बिर : करण राईकाे फेसबुक

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया