सप्तरीमा श्रीमतीकाे हत्या आरोपमा श्रीमानलाई जन्मकैद

 पुस १०, २०७९ आइतबार १३:३:५३ | शुभनारायण यादव
unn.prixa.net

फाइल तस्बिर

सप्तरी - सप्तरीमा श्रीमतीकाे हत्या आराेपमा श्रीमानलाई जन्मकैदकाे फैसला सुनाइएकाे छ । 

राजविराज नगरपालिका-१ का ५२ वर्षीय भइयालाल भनिने हिरालाल रजकलाई ४० वर्षीया श्रीमती गीताकाे हत्या आराेपमा  सप्तरी जिल्ला अदालतले जन्मकैदकाे सजाय सुनाएकाे हाे ।

जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको इजलाशले यस्ताे फैसला सुनाएकाे हाे । पडरिया टोलमा डेरामा बस्दै आएका दम्पतीबीच आपसी विवाद हुँदा गीताकाे हत्या भएकाे थियाे ।

गएकाे मंसिर १० गते राजविराज नगरपालिका–१ मा रहेकाे प्राङ्गारिक मल बनाउने निर्माणाधीन खुल्ला भवनको प्यासेजभित्र गीता‍काे शव भेटिएकाे थियाे । मृतकका बाबु गजानन्द रजकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंसिर १० गते किटानी जाहेरी दिनुभएकाे थियाे । 

जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालयका साथै जिल्ला अदालतमा हिरालालले गीताकाे हत्या गरेको स्वीकार गरेपछि अभियोगपत्र दायर भएलगत्तै जन्मकैदकाे फैसला सुनाइएकाे हाे । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया