डा. कडेलको नियात्रा लोकार्पित

 माघ १५, २०७९ आइतबार २१:१०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शिक्षाविद् डा. सदानन्द कडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’ को एक समारोहबीच लोकार्पण गरिएको छ । 

नेपाल स्रष्टा समाजद्वारा आयोजित  समारोहका प्रमुख अतिथि घनश्याम राजकर्णिकारले नियात्रा संग्रहमा  देश, विदेशका विभिन्न विषयवस्तु र ठाउँहरूलाई रोचक किसिमले वर्णन गरेको बताउनु भयो।

समाजका संरक्षक पवन आलोकले नियात्रामा जहाँ पुग्यो त्यहीँको भाषा, परिवेश, रहनसहन, मौलिकता टपप्क टिपेको उहाँले बताउनु भयो ।

नियात्रा समाजका अध्यक्ष प्रतीक ढकालले नियात्रामा पूर्वस्मृति र स्थानगत तादत्म्यता देखाइदिएको बताउनु भयो ।

कार्यक्रममा नियात्राकार जय छाङ्छाले पुस्तकको बारेमा विस्तृत समीक्षा गर्नुभएको थियो ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा भएको लोकार्पण समारोहमा शंकर भारती, डा. शान्तिमाया गिरी र नियात्राकार डा. सदानन्द कडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया