चलचित्र 'ह्यारी की प्यारी' आजदेखि हलमा

 माघ २०, २०७९ शुक्रबार ९:३६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली चलचित्र 'ह्यारी की प्यारी' आजदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाहसहित विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना
भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ । चलचित्रमा रेखा थापाको विशेष भूमिका रहेको छ ।

डा. कपिल रिजालको प्रस्तुति रहेको चलचित्रमा उहाँकै कथा र निर्देशन रहेकाे छ । चलचित्रकाे पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका हुन् । दन्त चिकित्सक डा. कपिल रिजालले यही चलचित्रबाट निर्देशनमा डेब्यु गर्नुभएको हो ।

चलचित्रमा डा. भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुषालको सङ्गीत रहेकाेमा सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन तथा कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालले छायाङ्कन गरेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया