१० वर्षपछि अभिनयमा पुनरागमन गर्दै राजबल्लभ कोइराला

 माघ २९, २०७९ आइतबार १४:१५:२ | रासस
unn.prixa.net

काठमाण्डौ – सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’ बाट अभिनय सुरु  गरेका अभिनेता राजबल्लभ कोइरालाले 'कामिनो' मा अभिनय गर्ने भएका छन् । पछिल्लो समय ‘हाइवे टु धम्पुस’ मा देखा परेका उनी झन्डै १० वर्षपछि अभिनय गर्दै छन् । ‘आफू सुहाउँदो भूमिका पाएँ र यो महत्त्वपूर्णमध्येको एक हो’, अभिनेता कोइरालाले भने, ‘मेरो छायाँङ्कन ब्राजिल र मेक्सिकोमा तय भएको छ ।’

अमेरिकाको क्यालिफोर्निया बसोवास गर्ने अभिनेता कोइरालाले चलचित्रका लागि नेपाल आउने विषयमा माग र आवश्यकतामा आधार रहने बताए । अभिनेता प्रदीप खड्का र अभिनेत्री वर्षा सिवाकोटीपछि अभिनेता कोइरालालाई टिममा स्वागत गर्न पाउँदा खुसी लागेको निर्देशक दीपक ओलीले बताए । ‘हामीलाई चाहिएको लुक्स र कलाकार पाएका छौँ । चलचित्रलाई विना सम्झौता तयार गर्नेछौँ’, उनले भने, ‘यसको कथा नै विदेशी भूमिसँग जोडिएकाले छायाङ्कन नै उतै गर्दैछौँ ।’

अभिनेता कोइरालाले अभिनय गरेका गुरु दक्षिणा, छोडी गए पाप लाग्ला, पहिलो पहिलो माया, किन लाग्छ माया, पल, मसान, अपवाद, सो सिम्पल, ६ एकान ६, हाइवे टु धम्पुसलगायतका चलचित्रको चर्चा हुने गर्छ । उनले सात वर्षमा २७ चलचित्रमा अभिनय गरेका थिए ।  

स्पेनिस भाषामा 'कामिनो' को अर्थ बाटो हो । जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको सङ्घर्षको कथामा निर्माण हुने चलचित्र आउँदो वैशाखदेखि छायाँङ्कनमा जाने तयारी रहेको कार्यकारी निर्माता सुनिल विष्ट गौलीले जानकारी दिए । यसमा महेश दबाडीको पटकथा र संवाद, सौरभ लामाको छायाङ्कन, एसडी योगी र एलिस कार्कीको सङ्गीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहनेछ । नेपाली, हिन्दी, अङ्ग्रेजी र स्पेनिससहित चार भाषामा चलचित्र प्रदर्शन गरिनेछ ।

तस्बिर : काेइरालाकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया