सप्तरीको बैरबोनामा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरकाे क्षति

 फागुन १२, २०७९ शुक्रबार १३:५५:२८ | शुभनारायण यादव
unn.prixa.net

फाइल तस्बिर

सप्तरी - सप्तरीको सुरुङ्गा नगरपालिका-९ बैरबोनामा आगलागी हुँदा लाखौँको क्षति भएको छ । आज स्थानीय रामचन्द्र यादवको घरमा बिजुलीको तार सर्ट भइ आगलागी हुँदा झन्डै २० लाख रुपैयाँ बराबरकाे क्षति भएकाे हाे । 

आगलागीबाट यादवकाे एक तले फुसको घरका साथै सम्पूर्ण समान जलेर नष्ट भएकाे छ भने छिमेकी परीक्षण यादव, राम किसुन यादव, चन्द्रदेव यादव, बलराम यादव, रामवृष यादवको घर तथा सामान जलेकाे छ । 

राजविराज र लाहानको दमकल तथा स्थानीयवासी, नेपाल तथा सशस्त्र प्रहरीको सहयोगमा आगाे निभाइएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिनुभयो ।

 हिजो पनि सप्तरीकै बोदेबरसाइन नगरपालिका-१० खडकपुरमा आगलागीबाट आधा दर्जनभन्दा बढीको घर जल्दा झन्डै १८ लाख रुपैयाँ बराबरकाे क्षति भएको थियो ।

 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया