राप्रपा अराजकता, गलत क्रियाकलापको पक्षमा छैन : राजेन्द्र लिङ्देन

 फागुन २२, २०७९ सोमबार १९:४६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो समय सडकमा भइरहेका गतिविधिहरूका बारेमा आफ्नो पार्टी गम्भीर बनेको बताउनुभएको छ । 

सोमवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले कुनै पनि प्रकारको अराजकता, गलत क्रियाकलापको पक्षमा आफू नरहेको स्पष्ट पार्नुभएको हो । उहाँले अहिलेको अवस्था राज्य जिम्मेवारीबाट विमुख हुने, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस नागरिककाे सुख सुविधाभन्दा सत्ता केन्द्रित बन्न थालेपछिको अवस्था रहेकाले नागरिक र देशले यस्ता अराजकता बेहाेर्नुपर्नेकाे उल्लेख गर्नुभयो ।

अध्यक्ष लिङ्देनले अराजकता र गलत क्रियाकलापको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी नरहेकाे भन्दै आफ्नाे पार्टीले यस प्रकारको क्रियाकलापको कहिल्यै पनि समर्थन नगर्ने प्रतिबद्धता पनि जनाउनुभयो । उहाँले भन्नुभयो, ‘हामी कुनै पनि प्रकारको अराजकता, गलत क्रियाकलापको विपक्षमा छौँ । तर राज्य कमजोर हुन्छ, राज्य जिम्मेवारीबाट विमुख हुन्छ, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस नागरिककाे सुख सुविधाभन्दा सत्ता केन्द्रित बन्न थाल्छन् भने देशले यस्ता अराजकता बेहोर्नुपर्ने नै हुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले यस प्रकारको अराजक क्रियाकलापको कहिल्यै पनि समर्थन गर्दैन ।’

विगत केही दिनयता व्यवसायी दुर्गा प्रसाईँले सडकमा विभिन्न खालका कार्यक्रम गरी बैंक तथा वित्तीय संस्थाको विरोध र राजसंस्थाको वकालत गर्दै सरकारको विरोध गर्दै आउनुभएको थियो । त्यही विषयमा राप्रपाले यस्तो स्पष्टीकरण दिएको हो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया