ओस्कर अवार्डको ९५ औँ संस्करण भव्य कार्यक्रमका साथ सुरु

 फागुन २९, २०७९ सोमबार ९:१६:२७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – बहु प्रतिष्ठित ओस्कर अवार्डको ९५ औँ संस्करण भव्य कार्यक्रमका साथ भइरहेको छ।

लस एन्जल्समा भव्य कार्यक्रमका साथ सुरु भएको समारोहमा ९५ औँ संस्करणको ओस्कर अवार्ड अन्तर्गत विभिन्न विधामा विजेता घोषणा भइरहेको छ ।

समारोहमा एडवर्ड बर्गर निर्देशित ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ ले तीन विधाको अवार्ड जितेको छ । यो फिल्म यसपटकको ओस्करको उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म घोषणा गरिएको छ ।

यस फिल्मले उत्कृष्ट सिनेम्याटोग्राफी र बेस्ट ओरिजिनल स्कोरको अवार्ड समेत पाएको बीबीसीले जनाएको छ ।

फिल्मले विश्वयुद्धका बेला एक जर्मन युवा सैनिकको भोग्ने त्रासदीपूर्ण अनुभवलाई समेटेको छ ।

यस्तै, उत्कृष्ट सहअभिनेता र उत्कृष्ट सहअभिनेत्रीको अवार्ड ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ बाट के ह्ये क्वान र जेमी ली कर्टिसले जितेका छन् ।

यस्तै, एनिमेटेड फिचर फिल्मका लागि ‘ग्विलेर्मो डेल ट्रोज पिनोसियो’ ले अवार्ड पाएको छ ।

भारतीय वित्तचित्र ‘द एलिफेन्ट व्हिस्पर्सले पनि अवार्ड जितेको छ । अन्य विधाको अवार्डको घोषणा केही बेरमा हुनेछ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया