‘बेस्ट क्रियटिभ सर्ट फिल्म अफ द इयर’ अवार्ड लघुचलचित्र बेलुनलाई

 फागुन २९, २०७९ सोमबार १०:४३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ‘बेलुन’ले लघुचलचित्र ‘बेस्ट क्रियटिभ सर्ट फिल्म अफ द इयर’ अवार्ड जितेकाे छ ।

ड्रिमवर्ल्ड अफ फिल्म मेकर्स प्राइभेट लिमिटेड काठमाण्डौको आयोजनामा भएको दोस्रो संस्करणको ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’ मा लघुचलचित्र बेलुनले सर्वोत्कृष्ट अवार्ड पाएको हो ।

नेपाल फिल्म एकेडेमीद्वारा सार्वजनिक यो लघुचलचित्रमा सशस्त्र द्वन्द्वमा आधारित कथावस्तु समेटिएको छ ।

यस्तै उत्कृष्ट युट्युब भिडियो, ब्लग, उत्कृष्ट निर्देशक, ध्वनि संयोजक, अभिनेता, सम्पादक, निर्देशक, अभिनेत्रीलगायत गरी अन्य २२ जनाले पनि अवार्ड पाएका छन् । 

यसैगरी नेपालकी पहिलो नायिका भुवन चन्द, आर्ट डाइरेक्टर निर्जल श्रेष्ठ र युवा पत्रकारिता पुरस्कारबाट पत्रकार पारसमणि पौडेल १५ हजार पाँच सय ५५ रुपैयाँसहित सम्मानित हुनु भएको छ।

अवार्ड वितरण कार्यक्रम नेपाल चलचित्र विकास बोर्डको सभाहलमा आइतवार भएको हो । समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विषयवस्तु समेटिएका लघुचलचित्र र वृत्तचित्रलाई अवार्ड वितरणमा बढी प्राथमिकता दिइएको कार्यक्रम निर्देशक शवनम मुखियाले बताउनु भयो ।

पहिलो अन्तर्राष्ट्रिय अवार्ड लघुचलचित्र ‘लोरी’ ले पाएको इतिहास रहेकाले लघुचलचित्रमा राम्रो भविष्य छ भनेर आशावादी हुन सकिने भन्दै सबैलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो ।

अवार्ड वितरण तथा सम्मान कार्यक्रममा निर्णायकका तर्फबाट बोल्दै चलचित्र निर्देशक प्रणय लिम्बुले उत्कृष्ट र सर्वोत्कृष्ट लघुचलचित्र, वृत्तचित्र तथा भिडियोलाई छनोटमा सबैलाई न्याय गरेको बताउनु भयो ।

अवार्डमा दर्ता भएका एक सय २० वटा लघुचलचित्र तथा वृत्तचित्रलाई लामो समयसम्म निणार्यक समूहमा छलफल गरेर छनोट गरिएकाले साँच्चै उत्कृष्ट हुनु पर्नेलाई उत्कृष्ट बनाएका छौँ उहाँले भन्नु भयो ।

सर्वोत्कृष्ट र उत्कृष्ट लघु चलचित्र तथा वृत्तचित्रमा सिनियर फोटोग्राफर राजभाई सुवाल, चलचित्र निर्देशक प्रणय लिम्बू, सञ्चारकर्मी आरती चटौत निर्णायकको भूमिकामा हुनुहुन्थ्यो ।

यस्तै आदिवासी जनजाति चलचित्रमा भने निणार्यक समूहमा अग्रज पत्रकार विजयरत्न तुलाधर, प्रणय लिम्बू र गीतकार भूमिका सुब्बा हुनुहुन्थ्यो ।

वरिष्ठ चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र अतिथिमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह, नेपाल टेलिभिजनकै महाप्रबन्धक फूलमान बल तामाङलगायतको उपस्थिति थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया