सोलुखुम्बुमा पहिलो पटक मकै बालीको बीमा

 बैशाख १४, २०८० बिहिबार १३:४:८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुमै पहिलो पटक थुलुङ दूधकोशी गाउँपालिका-१ नेलेले मकै बालीको बीमा गराएको छ । रोग, किरा तथा अन्य विपत्तिबाट किसानलाई हुनसक्ने नोक्सानलाई कम गर्न वडाले जिल्लामै पहिलो पटक मकै बालीको बीमा गराएको हो ।

वडा कार्यालयले चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमै समावेश गरी २ सय ४७ जना किसानले १ सय २२ हेक्टर क्षेत्रफलमा लगाएको मकै बालीको बीमा गर्दा वडाले १ लाख ३८ हजार रुपैयाँ रकम भुक्तानी गरेको वडाध्यक्ष घनराज सुनुवारले बताउनुभयो।

किसानले एक हेक्टरमा लगाइएको मकै खेतीको ९३ हजार रुपैयाँ बराबरको बीमा गर्न पाउने नियम रहेको छ । नेले क्षेत्रका किसानले प्रतिव्यक्ति करिब आधा हेक्टर क्षेत्रफलमा मकै खेती गरेका छन् । बीमा गरिएको बालीमा रोग, किरा तथा प्राकृतिक विपत्तिहरुबाट क्षति भएको खण्डमा करिब ९० प्रतिशत रकम बीमा बापत पाउने बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्स लिमिटेड शाखा कार्यालय सोलुखुम्बुले जनाएको छ।

नेलेले गराएको अन्न बाली बीमा जिल्लाकै पहिलो भएको इन्स्योरेन्स कम्पनीका शाखा प्रबन्धक खगेन्द्र वनले बताउनु भयाे । जिल्लामा फलफूल बीमा प्रायजसाे किसानहरुले गराएको भए पनि अन्नबालीको बीमा पहिलो पटक सुरु गरिएको प्रबन्धक वनले बताउनुभयो।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया