काेराेनाकाे 'विश्वव्यापी स्वास्थ्य सङ्कटकाल' सकियाे : डब्ल्यूएचओ

 बैशाख २२, २०८० शुक्रबार २०:१८:१४ | एजेन्सी
unn.prixa.net

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काेभिड–१९ (काेराेना भाइरस) 'विश्वव्यापी स्वास्थ्य सङ्कटकाल' समाप्त भएकाे घाेषणा गरेकाे छ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिएपछि डब्ल्यूएचओले तीन वर्षअघि 'स्वास्थ्य सङ्कटकाल' घोषणा गरेको थियाे । याे घाेषणाले महामारी नियन्त्रण गर्ने दिशामा एक महत्त्वपूर्ण कदमकाे प्रधिनिधित्व गर्ने डब्ल्यूएचओले बताएकाे छ । यद्यपि धेरै देशले यसअघि नै काेराेना महामारी सकिएकाे घाेषणा गरिसकेका छन् ।

सन् २०२१ काे जनवरीमा हरेक हप्ता औसतमा एक लाख जना काेराेना सङ्क्रमितकाे ज्यान जाने गरेकाेमा याे सङ्ख्या अहिले तीन हजार पाँच सय जनामा झरेकाे डब्ल्यूएचओले जनाएकाे छ ।

डब्ल्यूएचओ प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले काेराेना महामारीका विश्वभर कम्तीमा ७० लाख मानिसकाे ज्यान गएकाे बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया