यू–२० महिला एसियन कप छनोट : नेपालले १५ गोल खायो, एक गोल पनि फर्काउन सकेन

 जेठ २७, २०८० शनिबार १७:१६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको तेस्रो तथा अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । म्यानमारकाे यानगोनमा भएको खेलमा नेपाल चाइनिज ताइपेसँग ५–० गोलले  पराजित भएको हो ।

यसअघिका खेलमा नेपाल म्यानमार र चीनसँग समान ५–० गोलले पराजित भएको थियो । यो प्रतियोगितामा नेपालले १५ गोल खाँदा एक गोल पनि गर्न सकेन । नेपाल छनोटबाट बाहिरिसकेको छ ।

नेपाल प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो । छनोटमा उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • भक्ति राई

    June 10, 2023, 5:40 p.m.

    समाचारकाे शिर्षकले खेलाडिलाई निरुत्साहित गरेकाेछ। शिर्षकले एकै खेलमा १५ गाेल भन्ने बुझाउछ।

  •  0 Reply

तपाईको प्रतिक्रिया