सिजन सकिएसँगै सगरमाथा क्षेत्र सुनसान, लुक्ला विमानस्थलमा पनि यात्रुको चाप घट्यो

 जेठ २८, २०८० आइतबार १०:२२:३ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु - विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको छ । केही समय अघिसम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको खुम्बु क्षेत्र सिजन सकिएसँगै अहिले सुनसान बनेको हो । विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने ठाउँ सुनसान भएका छन् ।

पर्यटनको सिजनमा व्यस्त भएका पर्यटन व्यवसायीहरु यतिखेर भने फुसर्दिला भएका छन् ।  फुर्सद भएसँगै अहिले आराम गर्ने, घुमफिरमा जाने गरेको होटल व्यवसायी याङ्जी शेर्पाले बताउनुभयो । सिजन सकिएसँगै यतिखेर खुम्बुवासी पूजापाठमा व्यस्त भएका व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । सिजनमा कडा मेहनत गर्ने र ‘अफसिजन’ मा रमाइलो, घुमफिर, भ्रमण लगायतकाकार्यमा समय बिताउने खुम्बुका नागरिकको विशेषता जस्तै बनेको छ ।

खुम्बुमा वर्षको दुई पटक फागुन अन्तिमदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । सिजनमा दैनिक ७ सय जनासम्म पर्यटक भित्रिएका सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनुभयो ।

पर्यटकको आवगमन न्यून भएसँगै निकुञ्ज चेकपोष्टका कर्मचारीहरु पनि केही फुर्सदिला बनेका निकुञ्जको कार्यालयले जनाएको छ । यस्तै, सिजन सकिएसँगै लुक्ला विमानस्थलमा पनि यात्रुको चाप कम छ । पर्यटकको आवागमन घटेसँगै विमानस्थलमा चाप कम भएको हो । यो विमानस्थल अति जोखिममध्ये विश्वकै १०औँ नम्बरमा पर्छ । खुम्बु क्षेत्र ओहोरदोहोर गर्ने तथा विश्वको सर्वोच्च शिखर सगरमाथासहितको हिमालआरोहण गर्ने यात्रुले यही विमानस्थको प्रयोग गर्ने गरेका छन् ।

काठमाण्डाै–लुक्लाका लागि उडान भरिरहेका तारा र समिट एअरले अहिले यात्रु अभाव हुँदा कार्गो ढुवानी गर्न थालेका छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया