कालीकाेटकाे रुडुमा 'इन्फ्लुएन्जा बी भाइरस' फैलिएकाे पुष्टि

 असार २९, २०८० शुक्रबार १९:३७:१७ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – असारको तेस्रो हप्तादेखि तिलागुफा नगरपालिका–१० रुडुमा फैलिएको रोग इन्फ्लुएन्जा बी भाइरस भएको पुष्टि भएकाे छ । रुडुकाे महादेव माध्यमिक विद्यालयमा थाहा नभएको रोगले एक विद्यार्थीको ज्यान गएपछि परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेको थियो ।

रुडुमा बिरामी परेका ३ सय ११ जनामध्ये ९ जनाकाे रगत र १० जनाकाे स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा इन्फ्लुएन्जा बी भाइरस फैलिएकाे पुष्टि भएकाे हाे । याे भाइरसकाे सङ्क्रमणबाट अहिलेसम्म एक जनाकाे ज्यान गएकाे छ भने १ सय ७८ जना बिरामी परेका छन् । 

तिलागुफा नगर अस्पतालका प्रमुख डाक्टर टङ्कप्रसाद आचार्यसहितकाे टाेली र स्वास्थ्य सेवा कार्यालय कालीकोटका मेडिकल अधिकृत डाक्टर रामानन्द चौधरीको नेतृत्वमा गएको पाँच सदस्यीय स्वास्थ्यकर्मीको टोलीले रुडु पुगेर बिरामीको जाँच गरेकाे हाे ।  

विशेषगरी याे भाइरसले बालबालिकालाई बढी असर गर्ने भएकाले सुरक्षित रहन स्वास्थ्य सेवा कार्यालय कालीकोटले अनुरोध गरेको छ ।    

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया