एसियाली खेलकुदमा नेपालबाट २ सय ३४ जना खेलाडी

 साउन १२, २०८० शुक्रबार ६:२९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालबाट विभिन्न २९ खेलमा दुई सय ३४ जना खेलाडी सहभागी हुने भएका छन् ।

ललितपुरकाे सातदोबाटोमा रहेकाे अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीवार भएको १९ औँ एसियाली खेलकुद तयारी तथा सहभागिता सम्बन्धमा राष्ट्रिय खेलसँगको छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव टङ्कलाल घिसिङले नेपालले दुई सय ३४ जना खेलाडी सहभागी गराउने जानकारी दिनुभयो ।

सदस्य सचिव घिसिङले एसियाली खेलकुदमा नेपालको सहभागिताका लागि २४ करोड रुपैयाँ माग गरेकाेमा २१ करोडको सहमति प्राप्त भइसकेको र बाँकीका लागि प्रयास भइरहेको बताउनुभयाे । उहाँले आवश्यक पर्ने खेल सामग्रीको तुरुन्त विवरण तयारी गरी प्रक्रिया अगाडि बढाउन सचिवालयलाई निर्देशन दिनुभयो । 

१९ औँ एसियाली खेलकुद आउँदाे असोज ६ गतदेखि शुरु हुँदैछ ।

तस्बिर : राखेप 

अन्तिम अपडेट: बैशाख २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया