सोलुखुम्बुमा आँखा पाक्ने रोगका बिरामी बढ्दै

 साउन २४, २०८० बुधबार ११:३८:५५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – देशका विभिन्न ठाउँमा प्रकोपको रुपमा फैलिएको आँखा पाक्ने रोग हिमाली जिल्ला सोलुखुम्बुमा पनि देखा पर्न शुरु भएको छ ।

जिल्लामा अन्यत्रबाट आएका व्यक्तिहरुमा यस प्रकारको रोग देखिन थालेको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु सोलुखुम्बुले जनाएको छ ।

केन्द्रका आँखा सम्बन्धी कार्यकर्ता दिनेश राईका अनुसार पछिल्लो केहि दिन यता दैनिक ५/७ जना सम्म आँखा पाक्ने रोगका बिरामी उपचारका लागि आउने गरेका छन् । जसमा काठमाण्डाै तथा अन्यत्रबाट जिल्ला भित्रिएका व्यक्तिहरु बढी रहेको राईले जानकारी दिनुभयो ।

यो रोग तीव्र रुपमा फैलने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । गर्मीमा बढी फैलने आँखा पाक्ने रोगकाे भाइरस चिसोमा पनि बाच्न सक्ने भएकाले सावधानी अपनाउन राईको भनाइ छ। यो रोगका कारण शुरुका दिनमा बिरामीको आँखा रातो हुने, चिलाउने, आँसु बग्ने र घाममा हेर्न नमिल्नेजस्ता लक्ष्ण देखिने चिकित्सले बताएका छन् ।

सरुवा रोग भएकाले सजिलै एकअर्कामा सर्नसक्ने हुँदा विशेष सतर्कता अपनाउन केन्द्रका आँखा सम्बन्धी कार्यकर्ता राईको सुझाव छ ।

बर्खाको समयमा सक्रिय हुने एडिनो भाइरस हावामा लामो समयसम्म बाँच्ने भएकाले आँखा पाक्ने रोगको सङ्क्रमण बढी हुने गरेको छ ।

आँखा रातो हुने वा चिलाउने बित्तिकै आफूखुशी औषधि किनेर लगाउँदा आँखामा जटिल समस्या आउने भएकाले स्वास्थ्यकर्मीको सुझाव बिना औषधि प्रयोग नगर्न समेत आँखा केन्द्रले आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया