सोलुखुम्बुकाे दिप्लीघाटमा रहेकाे बेलीब्रिजमा बाढीले क्षति पुर्यायाे, तीन वटा घर जाेखिममा

 भदौ ८, २०८० शुक्रबार १०:७:२५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - बाढीले सोलुखुम्बुको दिप्लीघाटमा रहेकाे बेलीब्रिजमा क्षति पुर्याएकाे छ । 

निरन्तरको वर्षापछि आएकाे बाढीका कारण थुलुङ दुधकोशी गाउँपालिका-८ दिप्ली र सोताङ गाउँपालिका-१ खोर्दाको सिमानामा रहेको बेलीब्रिजमा क्षति पुगेकाे हाे । 

स्थानीय तुलकुमार लामिछानेले  पुलको मुख्य पिलर तल्लो भागतर्फ ढल्किएको र पुल नजिकै रहेको एउटा डाेजर, एउटा जेनेरेटर र एउटा सिमेन्ट फिट्ने मिक्चर बाढीले बगाएको जानकारी दिनुभयाे । 

खोलामा जलसतह बढिरहेकाले थुलुङ दुधकोशी-८ तर्फको तीन घर जोखिममा परेका छन् । खोला नजिकै रहेको केशव राई, मन कुमार राई र पासाङ राईको घर जोखिममा परेका हुन्।

पुल ढल्किएसँगै जिल्ला सदरमुकाम र कोशीपारिका सोताङ र महाकुलुङ जाने गाडी राेकिएका छन् । आज बिहानदेखि पुल ढल्किएपछि कोशी पारि जाने गाडी तथा कोशीपारिबाट सल्लेरी, काठमाण्डौलगायतका  लागि छुटेका गाडी अलपत्र परेका छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया