हिमाली जिल्ला सोलुखुम्बुमा पनि डेङ्गी, चार जनामा  संक्रमण पुष्टि

 भदौ ९, २०८० शनिबार १६:१७:४१ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा पनि डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । तीन जना पुरुष तथा एक जना महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । 

जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ फाप्लुका दुई जना तथा  वडा नम्बर  ११ तिङ्लाका दुई जना गरी चार जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख सिवान ठाकुरका अनुसार फाप्लुकी ४२ वर्षीया महिला तथा १० वर्षीय बालक अनि तिङ्लाका ३२ तथा ४२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

जिल्ला अस्पताल फाप्लुमा गरिएको रगत परीक्षणमा डेङ्गी पुष्टि भएको प्रमुख ठाकुरले बताउनुभयो ।

सङ्क्रमित चारै जनाको  जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ । 

संक्रमितमध्ये एक जना  बाहेक अन्य कसैको पनि 'ट्राभल हिष्ट्री' नरहेको अस्पतालले जनाएको छ ।

जिल्लामा  डेङ्गी सङ्क्रमण फ़ैलिने सम्भावना बढेसँगै स्वास्थ्य कार्यालयले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान थालेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया