सगरमाथाको फेदीमा बजार अनुगमन, आधा लाखभन्दा बढीको अखाद्य वस्तु जफत

 असोज ६, २०८० शनिबार १८:४८:३९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट ५४ हजार मूल्य भन्दा बढीको अखाद्य वस्तु जफत गरिएको छ । शुक्रवार सीमा प्रशासन कार्यालय नाम्चेले नाम्चे बजार क्षेत्रमा गरिएको बजार अनुगमनमा ५४ हजार ८ सय ९० रुपैयाँ बराबरको म्याद गुज्रिएका वस्तुहरु जफत गरी नष्ट गरिएको हो ।

कार्यालय प्रमुख सुजना कुमारी बर्देवाको संयोजकत्वमा भएको संयुक्त बजार अनुमनमा बजार क्षेत्रको नापतौल गर्ने ढक तराजु र मूल्य सूचीसमेतको अनुगमन गर्दा बिक्रीमा राखिएका तर म्याद गुज्रिएका प्याकेटका वस्तुहरु जफत गरिएको सीमा प्रशासन कार्यालय नाम्चले जनाएको छ ।

अनुगमनमा इलाका प्रहरी कार्यालय नाम्चेका प्रमुख प्रहरी निरीक्षक कविन राई, स्थानीय जनप्रतिनिधि, खुम्बु क्षेत्र कर्मचारी मिलन केन्द्र, खुम्बु व्यापार संघ, नाम्चे युवा समूह, नाम्चे महिला समूह, नाम्चे मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, नाम्चे होटल व्यवसायी सङघ, खुम्बु सामुदायिक सेवा केन्द्र, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

सगमारथामा क्षेत्रको नाम्चे बजारमा स्वदेशी तथा विदेशी पर्यटकहरुको बढ्दो क्रम साथै चाडपर्व नजिकिएसँगै कालो बजारी, महँगी तथा जनस्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गरी बजार अनुगमनमा कडाइ गरिएको सीमा प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजना कुमारी बर्देवाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया