खोटाङमा एक घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरकाे क्षति, एक बालिका घाइते

 मंसिर ४, २०८० सोमबार ११:२६:१७ | दमन राई
unn.prixa.net

खोटाङ - ब्रोइलर कुखुराको चल्लालाई तातो दिन बालेको कोइलाबाट आगाे सल्किँदा खाेटाङमा एक घर जलेकाे छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका किशोर दुमी राईको घरमा आगलागी भएकाे हाे। 

घरमा आगाे लागेपछि भाग्न खाेज्दा उहाँकी भान्जी १५ वर्षीया सरिता तामाङ घाइते भएकी छन् । उनलाई उपचारका लागि काठमाण्डाै पठाइएकाे प्रहरीले जनाएकाे छ। 

आगलागीबाट तीन तले घरसँगै घरमा राखिएको दुई तोला सुन, चार तोला चाँदी, ब्रोइलर कुखुराको १५ वटा चल्ला, अन्नपात, भाँडावर्तन, काठपात, लत्ताकपडालगायत जलेर नष्ट हुँदा झन्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काले जानकारी दिनुभयाे ।

घरकै एउटा कोठामा राखेर चल्लालाई तातो दिने क्रममा आगलागी शुरु भएको थियो । इलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरी नायब निरीक्षकको कमाण्डामा खटिएको प्रहरी र स्थानीयबासीले गएराति दुई आगाे निभाएका थिए । 

 

 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया