नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थाले : महामन्त्री थापा

 चैत १३, २०८० मंगलबार १८:११:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थालेको टिप्पणी गर्नुभएको छ । आज काठमाण्डाैमा आयोजित 'नेपालको लोकतान्त्रिक आन्दोलन र नबिन्द्रराज जोशी' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले छट्टुहरु हाबी भएको बताउनुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुप्रति लक्षित गर्दै महामन्त्री थापाले देशमा छट्टुहरु राजनीतिमा आउने र 'लटरपटर' पार्ने काम शुरु गरेको आरोपसमेत लगाउनुभयो । उहाँले देशलाई छट्टुभन्दा पनि गति र मति दुबै भएको नेता जरुरी रहेको बताउनुभयो । झुक्याउने खालको छट्टुहरु नेपाली राजनीतिले नचाहेको महामन्त्री थापाको भनाई थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया