इजरायलमा रहेका नेपालीहरु सुरक्षित रहेको दूतावासको भनाइ

 बैशाख ३, २०८१ सोमबार १०:२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – इजरायलमा इरानले गरेको आक्रमणमा त्यहाँ रहेका नेपालीलाई कुनै असर नगरेको र सबै सुरक्षित रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासले विज्ञप्ति निकालेर इजरायलका विभिन्न ठाउँमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको भए पनि नेपालीहरू भने सुरक्षित रहेको जानकारी गराएको हो ।

यसअघि इजरायलमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई आफ्नो सुरक्षाको ध्यान दिन र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरिसकेको छ ।

तपाईको प्रतिक्रिया