नेभिगेशन

सप्तरीमा प्रहरीले गोली चलाएर लागूऔषधसहित दुई जनालाई पक्राउ गर्‍याे

सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बरही बिरपुरमा प्रहरीले हवाई फायर गरी लागूऔषध हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले दुई राउन्ड हवाई फायर गर्दै दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बरही बिरपुरका विशाल राय र डाक्नेश्वरी नगरपालिका वडा नम्बर ७ का मनोज राय छन् ।

उनीहरूको साथबाट १०० ग्रामभन्दा धेरै खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवम् प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो । पक्राउ गर्न खोज्दा भाग्न लागेपछि हवाई फायर गर्नुपरेको उहाँको भनाइ छ ।

प्रकाशित मिति:
थप समाज