नेभिगेशन

सप्तरीको कटैयामा करेन्ट लागेर किसानको ज्यान गयो

सप्तरी – सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३ कटैयामा आज बिहान करेन्ट लागेर ४२ वर्षीय शम्भुकुमार इसरको ज्यान गएको छ ।

इसरको गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा नाङ्गो तारमा छुँदा करेन्ट लागेर किसान इसरकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज