नेभिगेशन

एशियाली खेलकुद : नेपाली महिला भलिबल टाेलीले समूह चरणमा जापान र इन्डाेनेशियासँग खेल्ने

काठमाण्डाै – जापानमा हुने एशियाली खेलकुद २०२६ अन्तर्गत महिला भलिबलतर्फ नेपाल समूह ‘ए’ मा परेको छ ।

यो समूहमा नेपालसँगै जापान र इन्डोनेशिया रहेका छन् । आज सम्पन्न ‘ड्र’ बाट समूहमा रहने टोलीको टुङ्गो लागेको हो ।

यस्तै समूह ‘बी’ मा हङकङ, मलेशिया र ओमान रहेका छन् । समूह ‘सी’ मा थाइल्यान्ड, चाइनिज ताइपेई, किर्गिस्तान र मङ्गोलिया तथा समूह ‘डी’ मा भियतनाम, दक्षिण कोरिया, हङकङ र कतार रहेका छन् ।

नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो पटक प्रतियोगिता खेल्न लागेको हो । विश्व वरीयतामा एशियाका शीर्ष १६ टोलीभित्र रहँदै नेपाल सहभागी भएको हो ।

यसैबीच एशियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ नेपाल समूह ‘ए’ मा परेको छ । यो समूहमा नेपालसँगै अफगानिस्तान र जापान रहेका छन् ।

प्रकाशित मिति:
थप खेलकुद