नेभिगेशन

ग्यास अभाव कायमै : मन्त्रालयले नम्बर दिँदै भन्यो– ‘फोन गर्नू’

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित सबैजसो शहरी क्षेत्रमा आज पनि ग्यास किन्नेहरूको लाइन देखिएको छ ।

नजिकको ग्यास डिपोमा लामो समयदेखि ग्यास नपाएपछि उपभोक्ताहरू रित्तो सिलिन्डर लिएर टाढा रहेका डिलर तथा उद्योगमै लाइन बस्न पुगेका छन् । तर डिलर तथा उद्योगमा समेत घण्टौँ लाइन बस्दा पनि ग्यास नपाएको कतिपयको गुनासो छ ।

सरकारले नियमित आपूर्ति भइरहेको दाबी गरे पनि झन्डै १ हप्तादेखि उपभोक्ताले ग्यासको चरम अभाव भोगिरहेका छन् । उद्योगी, बिक्रेता तथा सरकारले समेत आवश्यकताभन्दा धेरै ग्यास घरमा थुपारेको भन्दै उपभोक्तालाई दोष दिने गरेका भए पनि रित्तो सिलिन्डर लिएर लाइन बसेकाहरू घरमा खाना पकाउने ग्यास सकिएकाले बालबच्चासमेत भोकै पर्ने अवस्था आएको गुनासो गर्छन् ।

यसैबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृत्रिम अभाव, कालोबजारी तथा आपूर्तिसम्बन्धी कुनै समस्या पाएमा गुनासो गर्न सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।

मन्त्रालयका अनुसार यदि कुनै उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न कठिनाइ भोगेको भए ९८५१११६७७३ नम्बरमा सम्पर्क गरी जानकारी गराउन सक्नेछन् । जानकारीका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गर्ने मन्त्रालयले जनाएको छ ।

यसअघि मध्यपूर्वको तनावका कारण ग्यास आपूर्ति कमजोर हुँदा सरकारले आधा सिलिन्डर ग्यास बिक्री गरेको थियो । अहिले फेरि भरी अर्थात् १४.२ किलोकै ग्यास बिक्री गर्न थालेपछि बजारमा अभाव भएको हो ।

प्रकाशित मिति:
थप समाज