नेभिगेशन

हरमितले एनपीएलमा जनकपुर बोल्ट्सको कप्तानी गर्ने

काठमाडौ — अमेरिकी अलराउन्डर हरमित सिंहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।

जनकपुर बोल्ट्सले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्मबाट हरमितलाई अनुबन्ध गरेको जनाएको छ । जनकपुरले एसोसिएट क्रिकेटका प्रभावशाली खेलाडी हरमितलाई कप्तानीको जिम्मेवारी पनि दिएको छ । उनले पहिलो दुई सिजन सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए ।

यस्तै पोखरा एभेन्जर्सले तेस्रो संस्करणको एनपीएल का लागि श्रीलंकाका अनुभवी अलराउन्डर पोथोतुवा अरच्चिगे धनञ्जय लक्षणलाई टोलीमा अनुबन्ध गरेको छ । लक्षणले दोस्राे संस्करण पोखराबाटै खेलेका थिए ।

उनी पोखरामा भित्रिने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि पोखराले बङगलादेशी अलराउण्डर शकिब अल हसजलाई टोलीमा अनुबन्ध गरिसकेको छ ।

प्रकाशित मिति:
थप खेलकुद