नेभिगेशन

तातोपानी नाका तीन हप्तादेखि  अवरुद्ध

काठमाण्डौ - पहिरोका कारण तीन हप्ता अघि अवरुद्ध बनेको नेपाल–चीन व्यापारको तातोपानी नाका अझै खुलेको छैन ।

यो नाका हुँदै हुने नेपाल र चीनबीचको वैदेशिक व्यापार पनि ठप्प  भएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताउनुभयो ।

“नाकामा सडक अवरुद्ध भएकाले पनि चीनतर्फबाट मालवाहक सामानसहितका कन्टेनर पनि भित्रिन सकिरहेका छैनन्,” उहाँले भन्नुभयो, “सडक कहिलेदेखि सञ्चालन हुने अहिलेसम्म कुनै टुङ्गो लागेको छैन ।”

प्रकाशित मिति:
थप समाज