नेभिगेशन

रोड्री बार्सिलोना जान इच्छुक

स्पेनिस मिडफिल्डर रोड्रीलाई भित्र्याउन रियल मड्रिड असफल भएको छ ।

रियल र बार्साबीच लामो समयदेखि रोड्रीलाई भित्र्याउन प्रतिस्पर्धा देखिएको थियो । तर, रोड्री स्वयंले बार्सिलोना जाने इच्छा देखाएपछि समीकरण फेरिएको हो । हाल रियलले उनको विकल्प खोज्न थालेको छ ।

स्पेनिस सञ्चारमाध्यमका अनुसार रियलले बर्नार्डो सिल्भालाई रोड्रीको महत्त्वपूर्ण जिम्मेवारी दिने योजना बनाएको छ । रियलका प्रशिक्षक जोस मोरिन्होले सिल्भालाई मिडफिल्डको पछिल्लो भागमा खेलाउने योजना बनाएका हुन् । त्यस्तै रियल मड्रिडले अन्य युवा मिडफिल्डरमाथि पनि नजर राखिरहेको छ ।

समाचारअनुसार क्रिस्टल प्यालेसका एडम ह्वार्टन, एजे अल्कमारका किस स्मिट र लिलका अय्युब बुआद्दी रियलको नजरमा रहेका खेलाडी हुन् । तर, अहिले नै उनीहरूलाई भित्र्याउने रियलको योजना छैन ।

अहिलेका लागि भने रोड्रीको स्थानमा मिडफिल्ड सम्हाल्ने मुख्य जिम्मेवारी सिल्भालाई दिने रियलको तयारी छ । रोड्रीले यसअघि स्पेनलाई विश्वकप उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उत्कृष्ट प्रदर्शनका कारण उनले ‘गोल्डेन बल’ समेत जितेका थिए ।

प्रकाशित मिति:
थप खेलकुद