नेभिगेशन

चीनमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीले ४ स्वर्णसहित १५ पदक जिते


काठमाण्डौ — नेपाली खेलाडीले चीनको नानजिङमा भएको तेक्वान्दो ग्रान्डस्लाम युथ लिग ग्लोबल फाइनलमा विभिन्न स्पर्धामा ४ स्वर्ण, ५ रजत र ६ कांस्य पदक गरी १५ पदक जितेका छन् ।

उनिका पौडेल, आदिश विष्ट, प्रिशा ज्ञवाली र अफेस खत्रीले स्वर्ण पदक जितेका हुन् । लोचनी भट्टराई, सिबेन सुब्बा, साश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत पदक जितेका छन् ।

सर्वम महतरा, सव्यम महतरा, प्रिशा ज्ञवाली, आराध्य खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले कांस्य प्राप्त गरे । १६ सदस्यीय टोलीको प्रशिक्षकमा पुजन खड्का रहेका छन् ।

प्रकाशित मिति:
थप खेलकुद