नेभिगेशन

राष्ट्रिय गौरवका आयोजना : १५ वर्षमा ५५ प्रतिशत प्रगति

काठमाण्डाै – राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण अहिलेकै गतिमा अघि बढेमा सम्पन्न हुन अझै कम्तीमा १० वर्ष लाग्ने देखिएको छ ।

पूर्वाधार विकास समितिअन्तर्गत राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो ।

शुरू भएकाे १५ वर्ष पुग्दा पनि १५ वटा आयोजनाको औसत प्रगति ५५ प्रतिशतमात्रै छ । तीमध्ये केहीको प्रगति ७० प्रतिशत पुग्दा केहीको २० प्रतिशतमात्रै छ ।

उपसमितिका संयोजक श्रीराम न्यौपानेका अनुसार १७ वटा आयोजनामध्ये माथिल्लो तामाकोशी जलविद्युत् निर्माण सम्पन्न भइसकेको छ भने पश्चिम सेती अझै शुरू हुन सकेको छैन ।

उपसमितिले ढिलाइ हुनुका मुख्य कारणहरूमा जग्गा प्राप्ति र मुआब्जा विवाद, वन तथा वातावरण ऐनको झन्झटिलो प्रक्रिया, बजेटको अनिश्चितता, निर्माण व्यवसायी र ठेक्का व्यवस्थापनलाई मुख्य अवरोधका रूपमा औँल्याएको छ ।

कुल भूभागको ४६ प्रतिशत वन भए पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा योगदान साढे ३ प्रतिशतमात्रै रहेको भन्दै संयोजक न्यौपानेले विकासका बाधक कानून खुकुलो पार्न ‘सनसेट ऐन’ ल्याएर ‘विकास दशक’ घोषणा गर्न सुझाव दिनुभयो ।

आवश्यक कानूनी र प्रशासनिक सुधार गरेमा भने बाँकी काम ३ देखि ५ वर्षभित्रै सम्पन्न गर्न सकिने प्रतिवेदनको निष्कर्ष छ ।

प्रकाशित मिति:
थप अर्थ